शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ

बिहीबार, ०४ असोज २०८०, १४ : १२
बिहीबार, ०४ असोज २०८०

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । 

जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । 

उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप