बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयक विषयमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

बिहीबार, ०४ असोज २०८०, १७ : २२
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । अखिल क्रान्तिकारीले सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा व्यवस्था भएका नीतिगत त्रुटिहरूको विषयमा सडक अन्तरक्रिया गर्ने भएको छ ।

विधेयकमा देखिएका कतिपय प्रावधानविरूद्ध देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलन गरिरहेको अवस्थामा क्रान्तिकारीले विधेयक  संशोधनका लागि शुक्रबार नीतिगत रिपोर्ट प्रस्तुत गर्न लागिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । 

उनले शिक्षकहरूले उठाएका जाहायज माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् । विधेकयमा धेरै त्रुटि देखिएकाले संशोधनका लागि सांसद तथा मन्त्रीहरूसँग लविङ गर्ने तयारी भएको उनको भनाइ छ । 

‘सेवा, सुविधाको हिसाबले शिक्षकहरू धेरे हेपिएका छन् । निजामती कर्मचारीको तुलनामा शिक्षकहरू सेवा सुविधा पाएका छैनन् । उहाँहरूको आत्मसम्मानको विषयमा सरकारले खेलाची गर्न मिल्दैन । गम्भीर भएर सम्बोधन गर्नुपर्छ’, उनले भनिन् ।   

राज्यको पुर्नसंरचना भएको प्रत्याभूति गर्ने, संघीयतालाई बलियो बनाउने र समावेशीकतालाई ख्याल गर्नुपर्नेमा क्रान्तिकारी स्पष्ट भएको सिंहले बताइन् । विधेयकले स्थानीय तह र प्रदेशमा अधिकार भन्दापनि संघमा केन्द्रित गरेको उनले गुनासो गरिन् । 

आधारभूत शिक्षालाई अनिवार्य र माध्यमिक तहको शिक्षालाई निःशुल्क भन्ने तर विधेयक निजी विद्यालयलाई प्रसय दिने गरी आएको उनको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप