विद्यालय शिक्षा विधेयक विषयमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने
काठमाडौँ । अखिल क्रान्तिकारीले सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा व्यवस्था भएका नीतिगत त्रुटिहरूको विषयमा सडक अन्तरक्रिया गर्ने भएको छ ।
विधेयकमा देखिएका कतिपय प्रावधानविरूद्ध देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलन गरिरहेको अवस्थामा क्रान्तिकारीले विधेयक संशोधनका लागि शुक्रबार नीतिगत रिपोर्ट प्रस्तुत गर्न लागिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
उनले शिक्षकहरूले उठाएका जाहायज माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् । विधेकयमा धेरै त्रुटि देखिएकाले संशोधनका लागि सांसद तथा मन्त्रीहरूसँग लविङ गर्ने तयारी भएको उनको भनाइ छ ।
‘सेवा, सुविधाको हिसाबले शिक्षकहरू धेरे हेपिएका छन् । निजामती कर्मचारीको तुलनामा शिक्षकहरू सेवा सुविधा पाएका छैनन् । उहाँहरूको आत्मसम्मानको विषयमा सरकारले खेलाची गर्न मिल्दैन । गम्भीर भएर सम्बोधन गर्नुपर्छ’, उनले भनिन् ।
राज्यको पुर्नसंरचना भएको प्रत्याभूति गर्ने, संघीयतालाई बलियो बनाउने र समावेशीकतालाई ख्याल गर्नुपर्नेमा क्रान्तिकारी स्पष्ट भएको सिंहले बताइन् । विधेयकले स्थानीय तह र प्रदेशमा अधिकार भन्दापनि संघमा केन्द्रित गरेको उनले गुनासो गरिन् ।
आधारभूत शिक्षालाई अनिवार्य र माध्यमिक तहको शिक्षालाई निःशुल्क भन्ने तर विधेयक निजी विद्यालयलाई प्रसय दिने गरी आएको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण