शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरिनुपर्छ : उद्धव थापा

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावधिमा जानबाट रोक्न सकिने बताएका छन् ।
बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी सरकार गठन समस्याको रूपमा रहेको बताए ।
उनले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताए । उनले कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताए । उनले कांग्रेसले मध्यावधिमा जान नचाहेको भन्दै मध्यावधिमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पारे ।
कांग्रेस नेता थापाले प्रदेशलाई अधिकारसम्पन्न नबनाए संघीयता कमजोर हुने बताए । उनले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताए ।
नेता थापाले नेपाली कांग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएपनि प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार नरहेको बताए । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त
-
आईपीएल : कुन टोलीका विदेशी खेलाडीहरु उपलब्ध छन् ? (सूचीसहित)
-
के छैन नेपालमा !