हिमालयन बैंक लिमिटेडका ग्राहकहरूलाई १६० भन्दा बढी स्थानमा विशेष छुट
काठमाडौँ । हिमालयन बैंकले आफ्नो ग्राहकहरु माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ ।
बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटेल, रेस्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरूमा बस्तु खरिद तथा सेवा शुल्कमा छुट पाउन सक्ने छन् ।
बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २०∞ सम्म छुटको व्यवस्था गरेको जनाएको छ । यसका लागि ग्राहकहरूले विल लिनु भन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गर्नुपर्नेछ ।
ग्राहकबर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीहरुको बारेमा विस्तृत जानकारी बैंककोे अधिकारीक वेभसाइटमा गई हेर्न सक्नेछन् ।
हाल यो योजना १६० भन्दा बढी व्यावसायिक संस्थाहरूमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरी आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण