अपर तामाकोशीको हकप्रद सेयरको समय थपियो, असोज २२ गतेसम्म आवेदन दिन सकिने
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको समय थप गरिएको छ । कम्पनीले आफ्ना सेयर सदस्यहरुलाई सहज हुने गरी राइट सेयरको समय आगामी असोज २२ गतेसम्मका लागि लम्ब्याएको हो ।
यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् ।
हाल कम्पनीको कूल चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिबन्धदेखि रणनीतिक साझेदारीसम्म : एसिया प्रशान्त क्षेत्रमा बदलिँदो भारतको भूमिका
-
जनकपुर उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट
-
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण