आन्दोलनरत शिक्षकको तर्फबाट वार्ता टोली गठन नहुँदा सरकारसँगको वार्तामा ढिलाइ
काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली गर्ने तयारी गरेका छन् । आन्दोलन परिचालन समितिको बैठकमा वार्ता टोली गठन गरेर सरकारसँग औपचारिक वार्ता गर्ने भएको हो ।
त्यसका लागि केही समयमा वार्ता टोली गठनको तयारी भइरहेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । शिक्षक कर्मचारीहरूको तर्फबाट वार्ता टोली गठन गरेर आजै सरकारसँग वार्ताको तयारी भइरहेको अध्यक्ष तिवारीले बताए ।
सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ । शिक्षकहरूलाई औपचारिक रूपमा वार्तामा आउन आह्वान समेत गरेको छ । तर, वार्ता टोली गठन हुन नसक्दा औपचारिक रूपमा वार्ता हुन नसकेको हो ।
आजै दिउँसो नेपाल शिक्षक महासंघका पदाधिकारीहरू लगायत आन्दोलनरत शिक्षक संघ संगठनका प्रतिनिधिहरूले शिक्षा सचिवसँग छलफल गरेका छन् । छलफलको क्रममा आफूहरूले उठान गरेका माग र ती विषयलाई कसरी वार्ता प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको छ ।
छलफलको क्रममा सरकारको धारणा र आफूहरूको बटमलाइनबारे दुवै पक्षबीच छलफल भएको अध्यक्ष तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण