एसियाली खेलकुद : महिला फुटबलमा भियतनामसँग हार्यो नेपाल
काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार भएको महिला फुटबलको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामले नेपाललाई २—० गोलले पराजित गरेको हो ।
पहिलो हाफमा गतिलो प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो हाफमा भने लय गुमाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपाली टोलीले दुबै गोल दोस्रो हाफमा १२ मिनेटको बीचमा खाएको थियो । भियतनामका लागि पहिलो गोल निर्धारित समयको ५३ औँ मिनेटमा फाम हि एनले गरेकी थिइन् ।
त्यसपछि निर्धारित समयको ६४ औँ मिनेटमा थुई बिच थी एनग्वेनले भियतनामका लागि दोस्रो गोल थपेकी थिइन् । नेपालको समूहमा बंगलादेश र जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बंगलादेशसँग खेल्नेछ ।
१९औं एसियाली खेलकुदमा नेपालले फुटबलतर्फ महिला स्पर्धामा मत्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भाग लिएको छैन । एसियाली खेलकुदको १९ औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ । यसअघि चीनमा जारी १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिम स्पर्धामा शुक्रबार नेपाल पराजित भएको थियो । समूह ‘बी’ अन्तर्गत प्रारम्भिक चरणको खेलमा जापानले नेपाललाई ३—० ले पराजित गरेको थियो ।
शुक्रबार नै टेबलटेनिसको महिला टिम स्पर्धामा पनि नेपाल पराजित भएको थियो । महिला टिम स्पर्धाको प्रारम्भिक चरणको खेलमा सिंगापुरले नेपाललाई ३—० ले हराएको थियो । समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोगेको थियो । नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण