एसियाली खेलकुद : महिला फुटबलमा भियतनामसँग हार्यो नेपाल

काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार भएको महिला फुटबलको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामले नेपाललाई २—० गोलले पराजित गरेको हो ।
पहिलो हाफमा गतिलो प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो हाफमा भने लय गुमाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपाली टोलीले दुबै गोल दोस्रो हाफमा १२ मिनेटको बीचमा खाएको थियो । भियतनामका लागि पहिलो गोल निर्धारित समयको ५३ औँ मिनेटमा फाम हि एनले गरेकी थिइन् ।
त्यसपछि निर्धारित समयको ६४ औँ मिनेटमा थुई बिच थी एनग्वेनले भियतनामका लागि दोस्रो गोल थपेकी थिइन् । नेपालको समूहमा बंगलादेश र जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बंगलादेशसँग खेल्नेछ ।
१९औं एसियाली खेलकुदमा नेपालले फुटबलतर्फ महिला स्पर्धामा मत्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भाग लिएको छैन । एसियाली खेलकुदको १९ औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ । यसअघि चीनमा जारी १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिम स्पर्धामा शुक्रबार नेपाल पराजित भएको थियो । समूह ‘बी’ अन्तर्गत प्रारम्भिक चरणको खेलमा जापानले नेपाललाई ३—० ले पराजित गरेको थियो ।
शुक्रबार नै टेबलटेनिसको महिला टिम स्पर्धामा पनि नेपाल पराजित भएको थियो । महिला टिम स्पर्धाको प्रारम्भिक चरणको खेलमा सिंगापुरले नेपाललाई ३—० ले हराएको थियो । समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोगेको थियो । नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’
-
अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
-
कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
-
मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प
-
बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी
-
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?