आन्दोलनरत शिक्षकसँग संसदीय समितिले छलफल गर्ने
शनिबार, ०६ असोज २०८०, १६ : ४२
काठमाडौँ । प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले छलफल गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग छलफल गर्न लागेको हो ।
आइतबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको भवन नम्बर २ मा छलफल हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । सरकार र शिक्षक प्रतिनिधिबिचको वार्ता सफल भएको भनिए पनि राहत कोटा अन्तर्गतका शिक्षकहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै शनिवार पनि आन्दोलन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण