आन्दोलनरत शिक्षकसँग संसदीय समितिले छलफल गर्ने
शनिबार, ०६ असोज २०८०, १६ : ४२

काठमाडौँ । प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले छलफल गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग छलफल गर्न लागेको हो ।
आइतबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको भवन नम्बर २ मा छलफल हुनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । सरकार र शिक्षक प्रतिनिधिबिचको वार्ता सफल भएको भनिए पनि राहत कोटा अन्तर्गतका शिक्षकहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै शनिवार पनि आन्दोलन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ