एसियाली खेलकुदमा नेपाल : सुटिङ खेलाडी सलिशा र सुस्मिता प्रारम्भिक चरणबाटै बाहिरिए
आइतबार, ०७ असोज २०८०, ११ : २७
काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । नेपाली खेलाडी सलिशा भण्डारी र सुस्मिता नेपाल सुटिङको १० मिटर एयर राइफल महिला छनोट चरणबाटै बाहिरिएका हुन् ।
छनोट चरणमा सलिशा ४७औँ स्थानमा रहिन् । सुस्मिता भने ५८औँ स्थानमा रहिन् । प्रतियोगितामा ६२ जना खेलाडीले भाग लिएका थिए । त्यसमध्ये तीनजना खेलाडी प्रतिस्पर्धामा सहभागी नै भएनन् । नेपालकी सुस्मिताभन्दा पछाडि माल्दिभ्सकी अब्दुल रहमान सराफियामात्र थिइन् ।
१० मिटर एयर राइफल महिला स्पर्धामा चीनकी हुआङ युतिङले स्वणर् पदक जिजितन् । उक्त स्पर्धामा चीनकै हान जिआयुले रजत पदक हात पारिन् । कांश्य पदक भने भारतकी खेलाडी रमिताले आफ्नो पोल्टामा पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण