काराबाख शरणार्थी अर्मेनिया प्रवेश गर्ने क्रम सुरु
कोर्निडजोर । अजरबैजानले पृथकतावादी क्षेत्रविरुद्ध गरेको आक्रमणपछि नागोर्नो–काराबाख शरणार्थीको पहिलो समूह आइतबार अर्मेनियामा प्रवेश गरेको सीमा क्षेत्रमा रहेका एएफपी सम्वाददाताले जनाएका छन् ।
अर्मेनियाको विदेश मन्त्रालयका अधिकारीहरूले दर्ता गरेको अर्मेनियाली गाउँ कोर्निडजोरमा प्रवेश गर्नुअघि केही मानिसहरूको समूह अजरबैजानका सीमा रक्षकहरूबाट रोकिएको थियो ।
यस समूहमा मुख्यतया महिला, बालबालिका र वृद्धवृद्धाहरू रहेका थिए ।
शरणका लागि पुगेका भनिएका केही व्यक्तिले जनाएअनुसार उनीहरू सीमा क्षेत्रको इघत्साहोग गाउँबाट आएका थिए भने केहीले लामो दूरीको यात्रा गरेको बताएका थिए ।
अजरबैजानको आक्रमणले बुधबार विद्रोहीहरूलाई शान्तिका लागि मुद्दा हाल्न र निःशस्त्रीकरण गर्न सहमत नहुञ्जेलसम्म आफू पृथकतावादी प्रतिरोधको हिस्सा रहेको एक व्यक्तिले बताए ।
“हाम्रो परिवारका सदस्य आश्रयस्थलमा थिए,” मेट्स शेन गाउँबाट आएका ३० वर्षीय ती व्यक्तिले आफ्नो नाम नखुलाउने सर्तमा भने ।
“हिजो हामीले आफ्नो राइफल बिसाउनुपथ्र्यो । त्यसैले हामी हिँड्यौँ,” उनले भने ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण