आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभामा विषयगत समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

आइतबार, ०७ असोज २०८०, १९ : २८
आइतबार, ०७ असोज २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत चारवटा विषयगत समितिको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरिएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार असोज ११ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिनेछ । 

मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्तालगायतका काम पूरा गरी असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिनेछ । 

यस प्रदेशमा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेको छ ।

समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरेको छ । जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौँ बैठकले विषयगत समिति गठन गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप