परिणिती चोपडाले विवाहको तस्बिर साझा गर्दै भनिन्, ‘हामी एक अर्काबिना बाँच्नै सक्दैनथ्यौँ’
सोमबार, ०८ असोज २०८०, १० : ३९
बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाको आइतबार विवाह सम्पन्न भएको छ ।
परिणितीले विवाहको भोलिपल्ट अर्थात् सोमबार आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा विवाहका तस्बिर साझा गरेकी छिन् ,
उनले आफ्नो विवाहका सात वटा तस्बिर साझा गर्दै लेखेकी छिन्, ‘ब्रेकफास्ट टेबलमा हामीबिचको त्यो पहिलो कुराकानीमै हामीले थाहा पाइसकेका थियौँ । यो दिनका लागि लामो समय कुर्यौँ । अन्ततः श्रीमान् श्रीमती हुन पाउँदा अत्यन्त हर्षित छौँ । हामी एक अर्का बिना बाँच्नै सक्दैनथ्यौँ । हामी सदाका लागि एक अर्काको भएका छौँ र यो हाम्रो सुरुवात हो । ’
परिणितीको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् । यसमा प्रियङ्का चोपडाले लेखेकी छिन्, ‘मेरो आशीर्वाद सधैँ तिमीलाई ।’







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण