आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राघव–परिणितीको विवाह आज : बेलायतमा सँगै पढे, साथी थिए, पन्जाबी फिल्मको सेटबाट सुरु भयो प्रेमकथा

आइतबार, ०७ असोज २०८०, ०९ : ५७
आइतबार, ०७ असोज २०८०

बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्ढाको आज (आइतबार) विवाह हुँदै छ । भारतीय सञ्चार माध्यम अनुसार दिउँसो १ बजे उदयपुरको लीला प्यालेसमा विवाहको औपचारिक कार्यक्रम सुरु हुनेछ । यो विवाहमा ४ राज्यका मुख्यमन्त्री र बलिउड सेलिब्रेटीसहित थुप्रै प्रमुख नेताहरू सहभागी हुनेछन् ।

परिणिती र राघव एक अर्कालाई कलेजको दिनदेखि चिन्थे तर सम्बन्ध भने सन् २०२२ मा एक पन्जाबी फिल्मको सेटबाट सुरु भयो, जहाँ राघव परिणितीलाई भेट्न पुगेका थिए । ६ महिनाअघि यी दुईलाई एक रेस्टुरेन्ट बाहिर देखेपछि यी दुईको अफेयरको खबर चर्चामा रह्यो । 

आज विवाहको विशेष अवसरमा उनीहरूको प्रेमकथाबारे जानकारी लिऔँ । 

raghav-parineetiपन्जाबी फिल्म ‘चमकिला’ को सेटबाट सुरु भयो प्रेम कहानी 

राघव र परिणिती दुवै कलेजको समयदेखि नै एक अर्कालाई चिन्छन् । यी दुवै बेलायतमा पढेका हुन् । परिणितीले म्यानचेस्टर बिजनेस स्कुलबाट बिजनेस, फाइनान्स र इकोनोमिक्समा ट्रिपल अनर्स पढेकी छिन् । राघवले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन गरेका छन् । परिणिती र राघवलाई इङ्गल्यान्डमा इन्डिया युके आउटस्ट्यान्डिङ एचिभर्स अवार्ड पनि प्रदान गरिएको थियो । यो कार्यक्रममा दुवै पहिलो पटक भेटेका थिए । यहाँ भेट भएपछि यी दुई साथी बने र उनीहरूको दोस्ती जारी रह्यो । 

तर, उनीहरूको प्रेम सन् २०२२ मा पन्जाबी फिल्म चमकिलाको सेटबाट सुरु भयो । परिणीत पन्जाबमा यो फिल्मको सुटिङ गरिरहेका बेला राघव उनलाई भेट्न पुगेका थिए । यो भेटपछि दुई एक अर्कासँग नजिकिए ।

परिणितीले केही दिनअघि आफ्नो इन्स्टाग्राममा यो दिनबारे जानकारी दिँदै एउटा पोस्ट लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘हामीले सँगै ब्रेकफास्ट गर्दा मैले बुझिसकेकी थिएँ कि अन्ततः मेरो ती व्यक्तिसँग भेट भएको छ जसको मलाई लामो समयदेखि प्रतीक्षा थियो । उनको समर्थन, ठट्टा र दोस्ती नै वास्तविक खुसी हो । उनी मेरा लागि एक घर जस्तै हुन्, अर्थात् जहाँ सबैभन्दा बढी आराम महसुस होस् ।’

राघवले भनेका थिए – परिणितीबारे होइन, राजनीतिबारे प्रश्न गर्नुहोस् 

यी दुई डिनर गरेर होटेल बाहिर निस्किरहेको भिडियो पनि सार्वजनिक भएपछि राघव मिडियाको प्रश्नको घेरामा आएका थिए ।  यो घटनापछि राघव संसद्‌बाट बाहिर निस्कदै गर्दा मिडियाले उनलाई परिणितीको बारे प्रश्न सोध्दा उनले मलाई परिणीती बारे होइन, राजनीति बारे प्रश्न सोध्न भनेका थिए ।

राघवलाई परिणितीसँग बिहे कहिले गर्ने भनेर पनि सोध्ने गरिन्थ्यो । यसको जवाफमा उनले मुस्कुराउँदै भन्थे, ‘जहिले गर्छु, तपाईंहरुलाई भन्नेछु ।’ यसो भन्दा पत्रकारले किन सस्पेन्स क्रियट गर्नुभएको भनेर प्रश्न सोधे । उनले जवाफ दिए, ‘कुनै सस्पेन्स क्रियट गरेको होइन । मैले विवाह गरेँ भने तपाईंहरुलाई पक्कै पनि जानकारी दिनेछु ।’

raghav-parineeti1इन्गेजमेन्टको खबरबिच आइपीएल हेर्न पुगेका थिए जोडी

यी दुईको इन्गेजमेन्टको खबर निकै छिटो सार्वजनिक भयो । यसैबिच परिणीत र राघव एक पटक पुनः सँगै देखिए । यी दुई पन्जाब किङ्ग्स र मुम्बई इन्डियन्सको खेल हेर्नका लागि मोहाली स्टेडियम पुगेका थिए । 

परिणीत–राघव चड्डाको सम्बन्धमा आप सांसदले लगाएका थिए मुहर

यी दुईको इन्गेजमेन्ट हुनु १३ दिन अघि आप सांसद सञ्जीव अरोडाले राघव–परिणीतीको फोटो सेयर गर्दै उनीहरूलाई नयाँ सुरुवातको शुभकामना दिएका थिए । 

सञ्जीवले ट्विटरमा यी दुईको तस्बिर सेयर गर्दै लेखेका थिए, ‘म तपाईंहरु दुबैलाई हार्दिक बधाई दिन चाहन्छु । आशा गर्छु, तपाईंहरु दुई बिचको साथ, प्रेम र आनन्दले भरिपूर्ण होस् । ’

सञ्जीव अरोडाको पोस्टपछि राघव र परिणीतीले १३ मे बेलुका एक अर्कालाई औँठी लगाएर आफ्नो सम्बन्धबारे आधिकारिक घोषणा गरेका थिए । इन्गेजमेन्ट कार्यक्रम दिल्लीको कनट प्लेसस्थित कपुरथला हाउसमा भएको थियो । 

raghav-parineeti2राघवले इन्गेजमेन्टअघि ट्विट गरेका थिए

राघव चड्डाले आफ्नो इन्गेजमेन्ट अघि एक ट्विट गरेका थिए । उनले जालन्धर लोकसभा उपचुनावमा आम आदमी पार्टीको जितमा खुसी व्यक्त गरेका थिए । उनले लेखेका छन्, ‘जालन्धरले यो दिन मेरो लागि थप विशेष बनाएको छ ।’

म धेरै खुसी छु कि परिणीत मेरो जीवन साथी हुन्  राघव

युट्युबर रणवीर इलाहाबादियासँग भर्खरैको अन्तर्वार्तामा, राघव चड्डाले भनेका थिए, ‘हाम्रो जसरी भेट भयो, त्यो निकै जादुई क्षण थियो । यो यस्तो पल हो जसका लागि म हरेक दिन भगवानलाई धन्यवाद दिन्छु कि उनले आशीर्वादको रूपमा मलाई परिणीत दिनुभयो । म असाध्यै खुसी छु कि उनी मेरी जीवन साथी हुन् । फेरि भन्छु कि हरेक दिन भगवानलाई यो कुराका लागि धन्यवाद दिन्छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप