कहिले होला अभिनयमा नीति शाहको डेब्यु ?
काठमाडौँ । मोडल नीति शाह अभिनेत्रीको रूपमा देखिने चर्चा चलेको धेरै भइसक्यो । तर अहिलेसम्म उनको फिल्म अभिनय जुरेको छैन । जुन फिल्म उनको अभिनय रहने भनेर चर्चा हुन्छ । त्यो फिल्म विभिन्न कारणले थन्किने गरेको छ ।
लामो समयदेखि फिल्ममा डेब्यु गर्ने कसरतमा रहेकी नीति सबैभन्दा पहिले निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा जोडिएकी थिइन् । उनको अभिनेता प्रदीप खड्कसंँग डेब्यू गर्ने कुरा थियो, तर फिल्म बनेन ।
‘हुतुतु’ नबनेपछि उनी अनमोल केसीको फिल्म ‘एक्स नाईन’मा जोडिइन् । मुकुन्द भट्टको निर्देशन रहने यो फिल्म लामो समय भइसक्यो बन्ने नबन्ने कुनै टुङ्गो छैन । निर्देशक भट्ट अहिले ‘चोर–पुलिस’ नामक फिल्म निर्माण तयारी गर्दै छन् ।
‘एक्स नाईन’ नबन्ने पक्का पक्की भएपछि निति फेरि दीपक ओलीको निर्देशन रहने फिल्म ‘कामिनो’मा जोडिएकी थिइन् । फिल्ममा उनको अभिनेता प्रदीपसँंगै डेब्यू गर्ने भनियो । तर अब अहिले ‘कामिनो’ नबन्ने पक्का–पक्की भएको छ ।
पछिल्लो समय नीति ‘रावायण’बाट अनमोलसँग पर्दामा देखिने चर्चा चलिरहेको छ । तर यो फिल्मबाट अहिले अनमोल बाहिरिएको गाइँगुइँ चलेको छ । ‘रावायण’ बाट अनमोल बाहिरिए भने यो फिल्म पनि बन्छ बन्दैन यसै भन्न सकिन्न । फिल्म बनेन भने नीतिको डेब्यु पनि धरापमा पर्ने देखिन्छ ।
एकपछि अर्को फिल्ममा अनुबन्धित हुँदा पनि फिल्म रोकिँदै गएको कारण अबका दिनमा उनलाई कसले डेब्यू गराउला ? भन्ने चासोको विषय बनेको छ । कतै मोडलिङमा जमेकी नीतिको अभिनय रहर मात्र हुने भो भन्नेहरु समेत फिल्म क्षेत्रमा थुप्रै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण