एसियाली खेलकुद : टेनिसको महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित
काठमाडौँ । १९औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा सोमबार महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित भएका छन् । महिला डबल्सतर्फ नेपाल पहिलो चरणमै पराजित भएको हो ।
नेपाली खेलाडी दक्षिण कोरियाली प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् । उक्त खेलमा दक्षिण कोरिया ६—१, ६—० अंकले विजयी भयो । महिला डबल्स स्पर्धामा नेपालको तर्फबाट अभिलाषा बिष्ट र माहिका राणाले प्रतिस्पर्धा गरेका थिए ।
दक्षिण कोरियाको तर्फबाट दायोन ब्याक र बोयोङ जेयोङले प्रतिस्पर्धा गरेका थिए । पहिलो सेटको खेल ३५ मिनेटसम्म चलेको थियो भने दोस्रो सेटको खेल १७ मिनेटमै सकिएको थियो ।
यसैगरी पुरुष एकलतर्फ पनि नेपाली खेलाडी पराजित भएका छन् । दोस्रो चरणको खेलमा नेपाली खेलाडी अभिषेक बास्तोलालाई हङ्कङका कोलम्यान वङ् चकले हराएका हुन् । उक्त खेलमा कोलम्यान ६—२, ६—० ले विजयी भएका थिए ।
सोमबार नै नेपालले मिक्स डबल्स स्पर्धामा इन्डोनेसियाको सामना गर्दैछ । यसअघि सोमबार नै पुरुष एकलतर्फको दोस्रो चरणको खेलमा नेपालका प्रदिप खड्का पनि पराजित भएका थिए । जापानी खेलाडी सिनतारो मोचिजुकीले प्रदिपलाई ७—५, ६—१ अंकले हराएका थिए ।
उनी आइतबार पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए । प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण