केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक बस्दै
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरू बैठक बस्ने भएको छ । केन्द्रीय समितिलगायत अन्य समितिको नामावली सार्वजनिक गर्नका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको पार्टीका वरिष्ठ नेता एवं श्रम मन्त्री शरतसिंह भण्डारीले जानकारी दिएका हुन् ।
‘केन्द्रीय समिति गठनलगायत अन्य समितिको बारेमा छलफल हुन्छ । सम्भवतः आजै केन्द्रीय समितिको नामावली सार्वजनिक हुन्छ,’ रातोपाटीसँग भण्डारीले भने । केन्द्रीय समितिको नामावली हिजो नै सार्वजनिक गर्ने तय भएको तर शीर्ष नेताहरूको बैठक बस्न नसकेको कारण सार्वजनिक नभएको बताइएको छ ।
जसपाबाट अलग भएर लोसपा गठन भएको दुई वर्ष भइसके पनि अझै पार्टीको केन्द्रीय समिति बनेको छैन । कार्यकारिणी समितिको नामबाट पार्टी सञ्चालन भइरहेको छ । केन्द्रीय समितिलगायत अन्य समिति तथा वर्गीय संगठन निर्माणका लागि पटक–पटक प्रयास नभएको होइन, तर पार्टीको आन्तरिक विवादका कारण बन्न सकिरहेको थिएन ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिलगायत अन्य समितिको नामावली तयार गरेका छन् । ती नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण