केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक बस्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरू बैठक बस्ने भएको छ । केन्द्रीय समितिलगायत अन्य समितिको नामावली सार्वजनिक गर्नका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको पार्टीका वरिष्ठ नेता एवं श्रम मन्त्री शरतसिंह भण्डारीले जानकारी दिएका हुन् ।
‘केन्द्रीय समिति गठनलगायत अन्य समितिको बारेमा छलफल हुन्छ । सम्भवतः आजै केन्द्रीय समितिको नामावली सार्वजनिक हुन्छ,’ रातोपाटीसँग भण्डारीले भने । केन्द्रीय समितिको नामावली हिजो नै सार्वजनिक गर्ने तय भएको तर शीर्ष नेताहरूको बैठक बस्न नसकेको कारण सार्वजनिक नभएको बताइएको छ ।
जसपाबाट अलग भएर लोसपा गठन भएको दुई वर्ष भइसके पनि अझै पार्टीको केन्द्रीय समिति बनेको छैन । कार्यकारिणी समितिको नामबाट पार्टी सञ्चालन भइरहेको छ । केन्द्रीय समितिलगायत अन्य समिति तथा वर्गीय संगठन निर्माणका लागि पटक–पटक प्रयास नभएको होइन, तर पार्टीको आन्तरिक विवादका कारण बन्न सकिरहेको थिएन ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिलगायत अन्य समितिको नामावली तयार गरेका छन् । ती नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ