यस्ता छन् चीन र नेपालबिच भएका द्विपक्षीय सम्झौताहरू (सूची)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा करिब १ दर्जन द्विपक्षीय सहमति तथा सम्झौताहरूमा हस्ताक्षर भएको छ । बेइजिङको ग्रेट हल अफ दि पिपलमा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा दुई देशबिच सम्झौताहरू भएको हो ।
यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । उनीहरूबिच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
_gJO4uEzJQ7.jpg)
यस्ता छन् सम्झौता र सहमतिहरू :
–राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर
– चीन र नेपाल सरकारबिच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण
– डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबिच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयू,
–सिजाली विद्यालय परियोजनाबारे सम्झौता
–कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान
–हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता
_qstbodVZ1H.jpg)
_OWAwc7E4AW.jpg)
_scIEW16xnZ.jpg)
_VIArxcwFgQ.jpg)
_WB1HIRJGVH.jpg)
_eFkqRC0vcT.jpg)
_AWUJf9yHhS.jpg)
_6cxJXRRBPk.jpg)
_13mFrUUoav.jpg)
_icFVelps9n.jpg)
_74QNQyQwBl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण