नाच्न भनेपछि ज्वरो आउँछ दयाहाङलाई
काठमाडौं – अभिनेता दयाहाङ राइले आफुलाई नाच्च भनेपछि ज्वारो आउने बताएका छन् । । चलचित्र भैरेको ‘सनम माया ला’को’ बोलको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले सो बताएका हुन् । उनले भने ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’ अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको कार्यक्रममा बताए ।
नयाँ बर्षको १८ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘भैरे’को यो सार्वजनिक दोस्रो गीत हो । गीतमा दयाहाङ राई र सुरक्षा पन्तको अभिनय रहेको छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ ।
एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर रहेको गीतले प्रेमभाव बोल्छ ।
अभिनेत्री सुरक्षाले ‘सनम माया ला’को’ गीतमा दयाहाङले भन्दा आफूले धेरै टेक खाएको अनुभव सुनाइन् । ‘दया दाईसँग नाच्न पाउँदा म फुरुङ्ग थिएँ ’ उनले भनिन् ‘यसैले पनि हुनुसक्छ नाच्दा खेरि म नभर्स पनि भएँ ।’ ‘दया दाईलाई नाच्न आउँदैन भन्ने कुरा सबै गलत हो । मलाई बरु नाच्न गाह्रो भयो ।’ उनले थपिन् ।
एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्रमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेका छन् ।
करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह(निर्मातामा रहेको चलचित्र नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रमा दयाहाङ राई र सुरक्षा पन्तका अलवा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण