बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला मन्त्रालयले तारे होटलमा कार्यक्रम गर्न लागेपछि सुमनाको प्रश्न–सिंहदरबारमा ठाउँ छैन ?

मङ्गलबार, ०९ असोज २०८०, १६ : ०१
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तारे होटलमा  कार्यक्रम गर्न लागेपछि आक्रोश व्यक्त गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य र सञ्चार प्रविधि समितिमा उनले महिला मन्त्रालयमा सबैभन्दा कम बजेट भएको बेला तारे होटलमा किन कार्यक्रम गर्नुपरेको होला भन्दै प्रश्न गरेकी हुन् । 

बुधबार महिला मन्त्रालयले सिंहदरबारको छेउमा रहेको होटल बसेरामा कार्यक्रम गर्न लागेकोले एकजना सांसद प्रतिनिधि पठाइदिन शिक्षा समितिमा पत्र आएको बारे सभापति भानुभक्त जोशीले समितिमा जानकारी गराएका थिए । 

सभापति जोशीले यसबारे जानकारी गराएपछि सांसद सुमनाले भनिन,'कार्यक्रम गर्न सिंहदरबारमा ठाउँ छैन, किन तारे होटलमै कार्यक्रम गर्नुपर्‍यो । उसै त महिला मन्त्रालयको बजेट छैन ।'

मन्त्रालयले बुधबार बिहान १० बजे तारे होटलमा कार्यक्रम गर्न लागेपछि समितिका सांसदहरूले आलोचना गरेका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप