महिला मन्त्रालयले तारे होटलमा कार्यक्रम गर्न लागेपछि सुमनाको प्रश्न–सिंहदरबारमा ठाउँ छैन ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले तारे होटलमा कार्यक्रम गर्न लागेपछि आक्रोश व्यक्त गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य र सञ्चार प्रविधि समितिमा उनले महिला मन्त्रालयमा सबैभन्दा कम बजेट भएको बेला तारे होटलमा किन कार्यक्रम गर्नुपरेको होला भन्दै प्रश्न गरेकी हुन् ।
बुधबार महिला मन्त्रालयले सिंहदरबारको छेउमा रहेको होटल बसेरामा कार्यक्रम गर्न लागेकोले एकजना सांसद प्रतिनिधि पठाइदिन शिक्षा समितिमा पत्र आएको बारे सभापति भानुभक्त जोशीले समितिमा जानकारी गराएका थिए ।
सभापति जोशीले यसबारे जानकारी गराएपछि सांसद सुमनाले भनिन,'कार्यक्रम गर्न सिंहदरबारमा ठाउँ छैन, किन तारे होटलमै कार्यक्रम गर्नुपर्यो । उसै त महिला मन्त्रालयको बजेट छैन ।'
मन्त्रालयले बुधबार बिहान १० बजे तारे होटलमा कार्यक्रम गर्न लागेपछि समितिका सांसदहरूले आलोचना गरेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण