राजधानीको नयाँ बजारबाट ५ जना जुवाडे पक्राउ
मङ्गलबार, ०९ असोज २०८०, १६ : ४८
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित नयाँ बजारबाट प्रहरीले ५ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङ सहित ५ जना छन् ।
जुवा खालबाट ३९ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
नयाँबजार बम्बई गल्ली स्थित रण बहादुर तामाङको कोठामा आरोपितहरूले जुवा खेलेका हुन् । जुवा खालबाट ३ बुक तास बरामद गरिएको छ । सोमबार साँझ पक्राउ गरेर उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण