बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता

मङ्गलबार, ०९ असोज २०८०, १७ : १८
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम सहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ सहरमा भेटवार्ता गरेका छन् । 

छोङछिङको स्टेट गेष्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबिच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ सहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए । यस सहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरूको उनले प्रशंसा गरे । 

prachanda in china (1)

भेटवार्तामा सीपीसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए । उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहेका बेला नेकपा माओवादी केन्द्रको निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै सो भ्रमणका बेला पनि द्वीपक्षीय हितका बारेमा छलफल भएको बताए । उनले आपसी हित प्रबर्द्धनका लागि आफू सदैव तयार रहेको उल्लेख गरे ।

prachanda in china (9)

भेटवार्तामा प्रधानमन्त्रीसँगै भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य लगायत भ्रमण दलका सदस्यहरू सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड आजै बिहान बेइजिङबाट छोङछिङ आइपुगेका हुन् ।

prachanda in china (2)prachanda in china (3)prachanda in china (4)prachanda in china (5)prachanda in china (6)prachanda in china (7)prachanda in china (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप