एसियाली खेलकुद
टी—२० क्रिकेटमा नेपाली टोली अर्को कीर्तिमान नजिक
बुधबार, १० असोज २०८०, ०९ : ३०
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीले दिएको विश्व कीर्तिमानी लक्ष्य पछ्याइरहेको मंगोलियाले दश ओभरमा ६ विकेट गुमाएर ३२ रन मात्र बनाउन सकेको छ ।
नेपालले पहिले ब्याटिङ गर्दै मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो । नेपाली बलर अविनाश बोहरा र करण केसीले दुई—दुई विकेट लिएका छन् । सोमपाल कामीले पनि एक विकेट हात पारेका छन् ।
टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान हालसम्म चेक गणतन्त्रको नाममा छ । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले यो कीर्तिमान पनि तोड्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण