सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पढाइ र खेलकुद मात्र होइन, घरका काम पनि बालबालिकाका लागि महत्त्वपूर्ण, जान्नुहोस् ५ फाइदा

बुधबार, १० असोज २०८०, १० : ५६
बुधबार, १० असोज २०८०

घरका साना बालबालिकालाई काम लगाउने बारे हामीले खासै सोच्दैनौँ । ठुला भएपछि गरिहाल्छन् नि भनेर हामी सोच्छौँ । तर हामीले आफ्ना बालबालिकालाई सानै उमेरदेखि घरको काममा सामेल गर्‍यौँ भने यो उनीहरूका लागि मनोरञ्जनले भरपुर त हुन्छ नै यसले उनीहरूको व्यक्तित्वमा निखार ल्याउन पनि मद्दत गर्छ ।

अनुसन्धानमा के पत्ता लाग्यो ?

साइकोलोजी टुडेका अनुसार घरायसी काम गर्ने बालबालिकामा आत्मसम्मान बढ्छ र यसको सहयोगले निकै सजिलै उनीहरूमा लाइफ स्किल बढाउन सकिन्छ । यो सीपले उनीहरूलाई जीवनभर मद्दत गर्छ र उनीहरू हरेक उमेरमा आत्मविश्वासले भरिपूर्ण रहन्छन् । यति मात्र होइन, उनीहरूमा लैङ्गिक समानताको भाव पैदा भई घरपरिवारको व्यवस्थापन र सहभागिता सिक्न सक्षम हुन्छन् ।

बालबालिकालाई घरायसी काम सिकाउनुका फाइदा 

टिमवर्क

जब बच्चाहरूले सानै उमेरदेखि आफ्ना आमाबाबुलाई विभिन्न काममा मद्दत गर्न थाल्छन्, उनीहरूले टिम वर्क भनेको के हो र यसलाई कसरी मिलेर अगाडि बढाउनुपर्छ भन्ने बुझाइ विकास गर्छ ।

आत्म–विश्वास बढ्छ 

जब बच्चाहरूले आफ्नो बिहानको खाजा आफैँ बनाउन वा आफ्नो कोठा सफा गर्न थाल्छन्, उनीहरूमा आत्मविश्वास विकास हुन थाल्छ कि उनीहरूलाई कुनै पनि काम सिक्न वा गर्न गाह्रो छैन । यसरी उनीहरू भित्र आत्मविश्वास जागृत हुन थाल्छ ।

समानताको बुझाइ 

कामको लागि कुनै उमेर वा लिङ्गको आवश्यकता छैन भन्ने कुरा बच्चाहरूले जति चाँडो बुझ्छन्, त्यति नै राम्रो हुन्छ । यसरी उनीहरूमा घरको हरेक काम सँगै गर्नुपर्छ भन्ने बुझाइ सृजना हुन्छ । यसो गर्दा उनीहरूमा बाल्यकालदेखि नै लैङ्गिक समानताको बुझाइ सिर्जित हुन्छ ।

लाइफ स्किलको बुझाइ

लाइफ स्किल भनेको आवश्यकता पर्दा आफ्ना आवश्यकताहरू आफैँ पूरा गर्ने सीप हो । तपाईंलाई साना केटाकेटीहरूसँग काम गर्न गाह्रो हुन सक्छ, उनीहरूले भान्सा फोहोर बनाउन सक्छन्, तर तपाईंले के बुझ्नुपर्छ भने उनीहरू किशोरावस्थामा पुग्दा यति तयार हुनेछन् कि उनीहरूले आफूलाई मात्र होइन परिवारका अन्य सदस्यको हेरविचार गर्न पनि सिक्नेछन् । 

जिम्मेवारी बुझ्छन्

बच्चाहरूमा लाइफ स्किल विकास हुन थालेपछि उनीहरूमा चीजहरूप्रतिको जिम्मेवारी पनि विकास हुन थाल्छ । उदाहरणका लागि, विद्यालय जानुअघि जुत्ता पालिस गर्ने, थाकेको भए पनि आफ्नो लागि बिहानको खाजा तयार गर्ने, आफ्नो घरको सुरक्षाको ख्याल गर्ने आदि । त्यसैले सानै उमेरदेखि आफ्ना बालबालिकालाई घरायसी काममा संलग्न गराउने प्रयास गर्नुहोस् र उनीहरूको व्यक्तित्व निखार्ने अवसर दिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप