पौडीमा हिट चरणबाटै बाहिरिए नेपाली खेलाडी डुआना र नासिर
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौँ दिन बुधबार नेपाली पौडी खेलाडी डुआना लामा हिट चरणबाटै बाहिरिएकी छन् । महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा प्रतिस्पर्धा गरेकी डुआना आफ्नो हिटमा सातौँ भइन् ।
हिट ‘एक’ मा सातजना खेलाडी सहभागी थिए । उनले निर्धारित दुरी पार गर्न एक मिनेट २०.१५ सेकेन्ड समय खर्चिएकी थिइन् । उक्त हिटमा पहिलो भएकी आयोजक राष्ट्र चीनकी खेलाडी चाङ याङले निर्धारित दुरी एक मिनेट ०७.६६ सेकेन्डमा पार गरेकी थिइन् । उक्त हिटमा दक्षिण कोरियाली खेलाडी हेजिन किम निर्धारित दुरी एक मिनेट ०८.८२ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् ।
यसअघि जारी एसियाली खेलकुदको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा पनि उनी हिट चरणबाटै बाहिरिएकी थिइन् । उक्त स्पर्धामा निर्धारित दुरी दुई मिनेट १६.२९ सेकेन्डमा पुरा गर्दै उनी सहभागी आठ खेलाडीमध्ये आठौँ स्थानमा रहेकी थिइन् ।

यसैगरी पुरुष दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा सहभागी भएका नेपाली खेलाडी नासिर याहा हुसैन पनि हिट चरणबाट बाहिरिन पुगे । हिट ‘दुई’ मा प्रतिस्पर्धा गरेका उनले निर्धारित दुरी पुरा गर्न दुई मिनेट ००.१४ सेकेन्ड समय खर्चिएका थिए ।
आफ्नो हिटमा उनी सातौँ भए । उक्त हिटमा आठजना खेलाडी सहभागी थिए । माल्दिभ्सका पौडीबाज इब्राहिम मुबल आजम आठौँ स्थानमा रहे । उनले निर्धारित दुरी पार गर्न दुई मिनेट ०८.३३ सेकेन्ड समय खर्चिएका थिए ।
उक्त हिटमा उज्बेकिस्तानका खेलाडी ईगोर पेत्राकोभ पहिलो भए । उनले निर्धारित दुरी एक मिनेट ५२.०० सेकेन्डमा पुरा गरेका थिए । तुर्कमेनिस्तानका खेलाडी मुसा जालाएभ दोस्रो भए । उनले निर्धारित दुरी एक मिनेट ५६.७८ सेकेन्डमा पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण