एसियाली खेलकुदमा नेपाल : तेक्वान्दोका ११ मध्ये १० खेलाडी उपाधि होडबाट बाहिरिए
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौं दिन बुधबार नेपालका तीनजना तेक्वान्दो खेलाडी पराजित भएका छन् । जारी एसियाली खेलकुदमा तेक्वान्दोतर्फ नेपालका ११ जना खेलाडीले सहभागिता जनाएकोमा १० खेलाडी उपाधि होडबाट बाहिरिइसकेका छन् ।
नेपालका अभिषेक बराल बुधबार पुरुषतर्फको ८० केजी तौलसमूहको अन्तिम ३२ मा अफ्गानिस्तानका प्रतिद्वन्द्वी ओमिद साहाकसँग २-० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११-१ र दोस्रो चरणमा १५-२ ले पछि परेका थिए ।
पुरुषतर्फ नै ६८ केजीभन्दा मुनिको तौल समूहमा नेपालका वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले नै पराजित भए । पहिलो चरणमा १०-० ले पछि परेका वीरबहादुर दोस्रो चरणमा १२-८ ले पछि परेका थिए ।
यसैगरी महिलातर्फ ६७ केजीभन्दा मुनिको तौल समूहमा नेपालकी इन्दिरा बस्नेत अन्तिम १६ मा इरानकी मेलिका मिरहोसेनी भाकिली २-० ले पराजित भइन् । उनी पहिलो चरणमा १४-१ र दोस्रो चरणमा ९-० ले पराजित भएकी हुन् । अब तेक्वान्दोमा नेपालका एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजी तौल समूहमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण