बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छः अध्यक्ष लिङ्देन

बुधबार, १० असोज २०८०, १८ : ३१
बुधबार, १० असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताएका छन् । बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले विगत पाँच वर्षदेखि दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने राजश्व कमि भइरहेको बताएका हुन् । 

लिङ्देनले उपभोक्ताहरु बढीरहेको तर राजश्व भने घटिरहेको भन्दै यसप्रति गम्भिर हुनुपर्ने बताए । उनले प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने बताए। 

उनले भने – ‘डेडिकेटेड लाइनको बारेमा राजस्व असुली बाँकी छ भनेर भनिएको छ । त्यो असुली हुने हो कि होइन आफ्नो ठाउँमा छ । तर त्यसलाई आम्दानी देखाएर प्राधिकरणलाई धेरै नाफामा गएको संस्थाको रुपमा अहिले स्थापित गरिएको छ । सँगसँगै त्यो नआउने पैसाको कर समेत प्राधिकरणले तिरिराखेको छ । त्यसकारण यसको चाँडै टुंगो लगाउन जरुरी छ ।’

‘गएको पाँच वर्षदेखि लगातार रुपमा हामीले दूरसञ्चारबाट प्राप्त गर्ने राजश्वमा कमी आएको आएकै छ । घटेको घटेकै छ । तर उपभोक्ताहरु बढेको बढेकै छ । छिमेकी देशहरुको यसतर्फको राजश्व बढेको बढेकै छ । तर हाम्रो घटेको छ । र यो घट्ने फेरि चानचुने अंकमा छैन । खर्बौमा छ । ठूलो अंकमा हाम्रो राजश्व खेर गइरहेको छ । भ्रष्टाचार भइरहेको छ भन्नेकुरा आएको हुनाले यसमा हामीले उच्च प्राथमिकता राखेर छलफल गर्नुपर्छ । यो नियमनको लागि जुन प्रविधि भित्राउन खोजिएको छ त्यो उपयुक्त छैन भने अर्को कुन हो, तर नियमन गर्नुपर्छ र नियमन हुनुपर्छ । यस प्रकारको चुहावट, यस प्रकारको भ्रष्टाचार रोकिनुपर्छ,’ उनले थपे

उनले चाडपर्व नजिकिँदै गर्दा खाद्य पदार्थको कृतिम अभाव सिर्जना गर्ने र अप्रत्याशित ढंगले मूल्यवृद्धि हुने काम भइरहेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप