प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबिच भेटवार्ता
बुधबार, १० असोज २०८०, २१ : ०९
नयाँ दिल्ली । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबिच भेटवार्ता भएको छ । इन्डो–प्यासिफिक आर्मिज चिफ कन्फ्रेन्समा सहभागी हुन भारत पुगेका शर्मा र पाण्डेबिच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटघाटमा दुई सेना प्रमुखबिच रक्षा सहकार्य र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ । शर्मा गत असोज ७ गते सम्मेलनको १३ औँ संस्करणमा भाग लिन त्यहाँ पुगेका थिए ।
असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएको सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबिच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु रहेको थियो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण