प्रसाद चोरेको निहुँमा दिल्लीमा २६ वर्षीय युवकको कुटी कुटी हत्या
उत्तर पूर्वी दिल्लीको सुन्दर नगरी क्षेत्रमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार २६ वर्षका मोहम्मद इसरार नामका व्यक्तिमाथि ‘गणेश पूजाको प्रसाद’ चोरेको शङ्का गरिएको थियो ।
उत्तर–पूर्वी दिल्लीका डिसीपी जोय एन टिर्कीले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘२६ सेप्टेम्बर अबेर राती युवकका बुवाले पिसिआरमा फोन गरे । उनले भने, ‘मेरो छोरालाई मारिदिए ।’ हामी घटनास्थलमा पुग्यौँ । घर बाहिर २६ वर्षको इसरारको शव राखिएको थियो । चोटको निशान खासै धेरै देखिएको थिएन । थोरै चोट टाउकोमा थियो त्यसैले के भयो भनेर बुझ्न सकिएको थिएन । त्यसपछि बिहान उनीमाथि कुटपिट भएको थियो भन्ने थाहा भयो । हामीले उनको शवलाई शव गृहमा राखेका छौँ । उनको पोस्टमार्टम हुनै बाँकी छ ।’
प्रहरीले भन्यो, ‘सुरुवाती जानकारी अनुसार २६ सेप्टेम्बर बिहान पाँच बजे आसपास त्यही इलाकाको जी ब्लकमा केही युवकले उनलाई रोके । इसरार चोर हुन् भन्ने उनीहरूलाई शङ्का थियो । युवक मानसिक रूपमा अस्वस्थ भएकोले उनीहरुले केही प्रश्न गरे । सायद इसरारले जवाफ दिन सकेनन्, उनलाई मानिसहरूले बाँधेर कुटे र त्यसपछि छोडिदिए । इसरार त्यसपछि घर गए । उनी दिनभरि घरमा नै बसे । बेलुका सात बजे आसपास उनको मृत्यु भयो । परिवारले प्रहरीलाई सूचना दिए । हामीले हत्याको मुद्दा दर्ता गरेका छौँ र अनुसन्धान जारी छ ।’
प्रहरीका अनुसार इसरारका पिताको फलफूलको ठेला छ ।
प्रहरीले भन्यो, ‘अबेर राती साढे ६ बजे इसरारका पिता घर पुग्दा छोराको मृत्यु भयो । त्यसैले उनका पिताले पनि हामीलाई खासै धेरै जानकारी दिन सकेनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण