चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री
बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् ।
हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले ‘बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।
“अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा हङ्गेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ”, वाङले भने, “चीन हङ्गेरीसँग पारस्परिक विश्वास र मित्रता बढाउन र चीन–हङ्गेरी सम्बन्धको विकासका लागि नयाँ रणनीतिक योजनाहरू बनाउन र नयाँ र बलियो गति प्रदान गर्न यस अवसरको उपयोग गर्न तयार छ ।”
उक्त अवसरमा, चीन हङ्गेरी–सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्त रूपमा चीन–हङ्गेरी व्यावहारिक सहयोगको सफल नमूना निर्माण गर्न हङ्गेरीसँग काम गर्न तयार रहेको वाङले बताए ।
चिनियाँ विद्युतीय सवारी साधनहरूमा ईयूको अनुदान विरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लङ्घन गर्दछ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति श्रृङ्खलालाई बाधा पु¥याउनेछ ।
सिजार्तोले हङ्गेरी र चीनबीचको बेल्ट एण्ड रोड सहकार्यले महत्वपूर्ण परिणाम हासिल गरेको र यसबाट हङ्गेरीलाई धेरै फाइदा भएको बताए ।
“हङ्गेरीले अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा सक्रिय रूपमा भाग लिने, दुई पक्षबीच बेल्ट एण्ड रोड सहयोगलाई अझ प्रगाढ बनाउने र हङ्गेरी–सर्बिया रेलमार्ग निर्माणमा ठोस प्रगति गर्नेछ, जसले ताकि द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिनेछ,” सिजार्तोले भने । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण