मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पुडासैनीको ‘बेलकोटगढी मीमांसा’ सार्वजनिक

बिहीबार, ११ असोज २०८०, १५ : ०७
बिहीबार, ११ असोज २०८०

काठमाडौं । लेखक तथा साहित्यकार शिवसुन्दर पुडासैनीको ८औँ कृति ‘बेलकोटगढी मीमांसा’ सार्वजनिक भएको छ । बुधबार बेलकोटगढी नगरपालिका बागखोरस्थित महादेव आधारभूत विद्यालयको हलमा उक्त पुस्तक लोकार्पण भएको हो ।

बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल लगायत सोही विद्यालयका शिक्षकहरु, वडाध्यक्षहरु, वुद्धिजिवी पत्रकार लगायत अन्य सर्वसाधारणको समेत सहभागितामा उक्त पुुस्तक लोकार्पण गरिएको हो । 

बेलकोटगढी नगरपालिका भित्रको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्त्विक विषयवस्तुहरु समेटिएको उक्त पुस्तक भोलिको दिनमा समाजशास्त्र अध्ययन गर्नेहरुका लागि दस्तावेज बन्न सक्ने समीक्षा गरिएको छ । 
लोकार्पणपछि बोल्दै मेयर गुरुङले नगरपालिकाको इतिहाससहित नगरभित्र रहेको धार्मिक, सामाजिक, आर्थिक पर्यटन लगायत समग्र क्षेत्रको वर्णन गरेर पुस्तक प्रकाशित भएकोमा खुुसी व्यक्त गरे । आगामी दिनमा समाजशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि अध्ययन गर्ने स्रोत पुस्तिका बन्ने बताए । 

त्यस्तै उक्त पुस्तक नगरको स्रोत पुुस्तिका भएको बताउँदै मेयर गुरुङले नगरपालिकाभित्र रहेको विद्यालय, संघसंस्था तथा लेखकलाई समेत अन्य छुटेका विषयवस्तु भएमा त्यसको खोजी गर्दै थप गर्न आग्रह गरे । 

नगरभित्रका इतिहासलाई मात्र नभएर पर्यटन तथा कृषिको समेत सम्भावनाहरुलाई उजागर गरिएको कारण यसले नगर विकासको खाका कोर्न नगरलाई उपयोगी हुन सक्ने बताए । 

त्यस्तै उपमेयर दाहालले विमोचनमा बोल्दै उक्त पुस्तकले नगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रमका लागि स्रोत सामग्री हुने बताए । त्यसैगरी नगरपालिकाभित्र रहेका प्राचिन कुराहरुको उजागर गरेकोप्रति लेखकलाई धन्यवाद दिँदै आगामी दिनमा थप सशक्त रुपमा कृति प्रकाशनका लागि आग्रह गरे । 

त्यसैगरी विमोचनपछि बोल्दै लेखक पुडासैनीले आफ्नो नगरपालिकाभित्रको समग्र चित्रणका लागि अध्ययन गरी त्यसलाई प्रकाशनमा ल्याउन पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै उक्त पुस्तक भविष्यमा बेलकोटगढीका बारेमा अध्ययन गर्नेहरुको लागि सन्दर्भ सामाग्री हुने विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप