भारत : १२ वर्षीय बालिका बलात्कारको आरोपमा चालक पक्राउ
भारतको मध्य प्रदेशको उज्जैनमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक अटो रिक्सा चालकलाई पक्राउ गरेको छ ।
सेप्टेम्बर २५ मा उज्जैनमा एक बालिकाको बलात्कारको घटना बाहिरिएको थियो । प्रहरीका अनुसार बालिका दिउँसो ३ देखि ६ बजेको समयभित्र बलात्कृत भएकी थिइन् ।
सोमबार साँझ महाकाल प्रहरी चौकी इलाकाको बदनगर रोडमा रहेको डाँडी आश्रम नजिक ती बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । उनको लुगा रगतले लतपतिएको थियो ।
यस घटनामा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले दोषीलाई कडा सजाय दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् । आफूले निरन्तर अनुसन्धानको जानकारी लिइरहेको उनले बताए ।
उनले भने, ‘आरोपी पक्राउ परेका छन्, उनी उज्जैनकै हुन्, उनको नाम भरत हो । यस्ता मानिसहरू समाजमा बस्न लायक हुँदैनन् । उसलाई कडा भन्दा कडा सजाय हुनेछ । कडा कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौँ । उसले मध्य प्रदेशको आत्मालाई चोट पुर्याएको छ । युवती मध्यप्रदेशकी हुन् र उनको आवश्यकता ख्याल हामी राख्नेछौँ । ’
काँग्रेसले भाजपा सरकारलाई निशाना बनाउँदै ‘भाजपाबाट छोरी बचाउ’ नारा बनेको आरोप लगाएको छ ।
कांग्रेस रणदीप सिंह सुरजेवालाले भने, ‘मध्य प्रदेशमा महिलाहरू असुरक्षित छन् । यस घटनामा शिवराज सिंह चौहान किन मौन ? यस्ता जघन्य अपराध गर्ने अपराधीलाई २४ घण्टाभित्र सजाय दिनुपर्छ ।’
प्रहरीले दिएको जानकारी अनुसार बालिका आधा कपडामा साँवराखेडी सिंहस्थ बाइपासको कोलोनीमा करिब साढे दुई घण्टा भट्किरहेकी थिइन् तर स्थानीयबाट उनले केही पनि मद्दत पाइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण