भारत : १२ वर्षीय बालिका बलात्कारको आरोपमा चालक पक्राउ

भारतको मध्य प्रदेशको उज्जैनमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक अटो रिक्सा चालकलाई पक्राउ गरेको छ ।
सेप्टेम्बर २५ मा उज्जैनमा एक बालिकाको बलात्कारको घटना बाहिरिएको थियो । प्रहरीका अनुसार बालिका दिउँसो ३ देखि ६ बजेको समयभित्र बलात्कृत भएकी थिइन् ।
सोमबार साँझ महाकाल प्रहरी चौकी इलाकाको बदनगर रोडमा रहेको डाँडी आश्रम नजिक ती बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । उनको लुगा रगतले लतपतिएको थियो ।
यस घटनामा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले दोषीलाई कडा सजाय दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् । आफूले निरन्तर अनुसन्धानको जानकारी लिइरहेको उनले बताए ।
उनले भने, ‘आरोपी पक्राउ परेका छन्, उनी उज्जैनकै हुन्, उनको नाम भरत हो । यस्ता मानिसहरू समाजमा बस्न लायक हुँदैनन् । उसलाई कडा भन्दा कडा सजाय हुनेछ । कडा कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौँ । उसले मध्य प्रदेशको आत्मालाई चोट पुर्याएको छ । युवती मध्यप्रदेशकी हुन् र उनको आवश्यकता ख्याल हामी राख्नेछौँ । ’
काँग्रेसले भाजपा सरकारलाई निशाना बनाउँदै ‘भाजपाबाट छोरी बचाउ’ नारा बनेको आरोप लगाएको छ ।
कांग्रेस रणदीप सिंह सुरजेवालाले भने, ‘मध्य प्रदेशमा महिलाहरू असुरक्षित छन् । यस घटनामा शिवराज सिंह चौहान किन मौन ? यस्ता जघन्य अपराध गर्ने अपराधीलाई २४ घण्टाभित्र सजाय दिनुपर्छ ।’
प्रहरीले दिएको जानकारी अनुसार बालिका आधा कपडामा साँवराखेडी सिंहस्थ बाइपासको कोलोनीमा करिब साढे दुई घण्टा भट्किरहेकी थिइन् तर स्थानीयबाट उनले केही पनि मद्दत पाइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कर्णालीमा बजेट प्रस्तुत हुनुअघिको किचलो साम्य भएको हो ?
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु