सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

६० किलो सुन प्रकरणमा सरकारी वकिलको बहस पुरा, आजदेखि प्रतिवादीका कानुन व्यसायीले बहस गर्दै

शुक्रबार, १२ असोज २०८०, १० : २०
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सरकारी वकिल तर्फबाट बहस सकिएको छ । बुधवारबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अधिकारीहरूले बहस थालेका हुन् । सुन प्रकरणमा सरकारको तर्फबाट जिल्ला महान्यायाधिवक्ता जनक प्रसाद घिमिरे, सहायक जिल्ला महान्यायाधिवक्ता चन्द्र प्रसाद सन्जेल, युवराज पौडेल, निर्मला मरासिनी र सुर बहादुर परियारले बहस गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा  बुधवारबाट थुनछेक बहस सुरु भएको हो । सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । आजबाट प्रतिवादी तर्फका कानुन व्यवसायीले थुनछेक बहस गर्दै छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप