होस्टेलमा ८ वर्षीय बालक मृत फेला, सुर्खेतकाे बालवाटिका स्कुल तनावग्रस्त

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर हुन्।
उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन।
आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।
त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल
-
श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव
-
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
-
नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १०० क्यासब्याक
-
राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप
-
नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्