मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने

सोमबार, ११ साउन २०८३, २१ : ३८
सोमबार, ११ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बस्ने केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने भएको छ।
  • एकता प्रक्रियामा आएका सबै पक्षलाई मिलाउनु पर्ने भएकाले पहिलो चरणमा केही पदाधिकारी मनोनीत हुन सक्नेछन्।
  • बालेन समूहले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम नदिँदा केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको छ।

काठमाडौँ। बुधबार बस्ने रास्वपाको केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने भएको छ। रास्वपाको चितवन महाधिवेशनपछि साउन १३ गते केन्द्रीय समितिको दोस्रो बैठक बस्दैछ। महामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समिति बैठकमा छलफल हुने एजेन्डा आज सार्वजनिक गरेका थिए।

बैठकको एजेन्डामा सङ्गठन व्यवस्थापन र मनोनयन सम्बन्धी एजेन्डा पनि छ । तर आचार्यले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यीय सदस्यको एकै पटक मनोनयन नहुने बताए। 

एकता प्रक्रियामा आएका सबै पक्षलाई मिलाउनु पर्ने भएकाले पहिलो चरणमा केही पदाधिकारी मनोनीत हुन सक्ने बताए । बुधबार बस्ने बैठकद्वारा पहिला केन्द्रीय सदस्य मनोनीत गरेर दोस्रो बैठकले केही पदाधिकारी मनोनीत गर्न सक्ने आचार्यको भनाइ छ। 

विधान अनुसार सभापतिले पदाधिकारी सहित ५१ जना मनोनीत गर्ने व्यवस्था छ । प्रथम महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य र ७ जना पदाधिकारी निर्वाचित भएका छन्।

१५८ सदस्यीय केन्द्रीय समिति मध्ये अब वरिष्ठ नेता सहित ११ जना पदाधिकारी मनोनीत हुन बाँकी छ । असार ७देखी १२ गतेसम्म रास्वपाको पहिलो महाधिवेशन भएको थियो।

 तर बालेन समूहले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम नदिँदा केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप