कविता : प्रिय च्छोरोल्पा
प्रिय च्छोरोल्पा तिम्रो आँगनीमा
छमछमी नाचिरहन पाऊँ
जन्मौँ जन्म तिम्रो किनाराको आँचलभित्र
एउटा कुनामा जन्म लिन पाऊँ ।
नगर है मलाई भुलाउने कोसिस तिमीले
नसोच है यो चेलीलाई पराई तिमीले
लाखौँ थप्पड हान बरु
तर नबनाऊ पराईको तलाउ सिँगार्ने पखेरु ।
तिम्रो तालको सुसेलीले त मेरो सास
थामिएको छ,
तिम्रो स्वच्छ तरंगले त मेरो जीवन
रंगिएको छ !
सृष्टिको अनमोल सिर्जना नगरी
दोलखा लगायत समग्र नेपालकै गौरवको पगरी ।
गौरीशंकरको ताज पहिरिएर
बनेकी छौ विशाल सौन्दर्य नगरी
भीमेश्वर अनि कालिञ्चोक माताको
रहेकी छौ निकटतम सखी बनी ।
सूर्योदयको पहिलो किरण पर्दा
टल्कन्छन् मोती दाना तिम्रो चेहरामा
सूर्यास्तको अवसरमा,
प्रिय हिमनदी तिमी बन्छ्यौ चाँदीको मुहान ।
ब्रह्माण्डकी सुन्दर नगरी तिमी
बाँची राख जन्म–जन्म
मलाई पनि देऊ है आशिष,
लिन पाऊँ तिम्रो पाउमा पुनः जन्म ।
जुनेली रातमा तिम्रो मुहारमा,
चहकिन्छन् मोती लहर
सुनचाँदी, हिरामोतीभन्दा पनि अमूल्य छन्
तिम्रा श्यामश्वेत जलका बहार ।
विशाल हृदयले भरिएकी जलवाटिका,
तिम्रो नामको कल्पनाले मात्र पनि
तरंगित हुन्छन् यो मानव मस्तिष्क,
र पैदा हुन्छ देशभक्तिका ज्वारभाटा ।
हिमनदीका रूपमा रहेर
फैलिरहोस् तिम्रो ममता र स्नेह
बुद्ध भूमिबाट चम्किरहोस्
विश्वभरि शान्ति र दिव्यताको लहर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण