बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मानवका आधारभूत सूचकहरुको परिपूर्तिका लागि सरकार जिम्मेवार छ : मुख्यमन्त्री शर्मा

शनिबार, १३ असोज २०८०, १४ : ४३
शनिबार, १३ असोज २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मानवका आधारभूत सूचकहरुको परिपूर्तिका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । मानव अधिकारको संरक्षण र संवरद्धनमा पत्रकारिताको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले आफु विगतदेखि अहिलेसम्म मानवअधिकारका लागि हरपल लडिरहेको बताए  ।

‘मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सूचकहरु आवश्यक छन्,’ शर्माले भने, ‘हिजोआज र भोलिको विषयमा मानव अधिकारको चिन्ता राखिरहेको छु ।’  शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानवअधिकारको रक्षाका गर्न लागि प्रदेश सरकार अग्रसर भइरहेको शर्माले बताए।

साथै उनले गरिबीका कारण अधिकारको हनन् भएको बताए । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले पत्रकारिता र मानवअधिकार एउटै डुंगाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको बताए । पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रिकारितालाई चुनौती दिइरहेको बताउँदै अर्यालले पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने बताए ।

भ्रामक समाचारबाट बच्नुपर्ने, जनचासोका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप