मानवका आधारभूत सूचकहरुको परिपूर्तिका लागि सरकार जिम्मेवार छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मानवका आधारभूत सूचकहरुको परिपूर्तिका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । मानव अधिकारको संरक्षण र संवरद्धनमा पत्रकारिताको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले आफु विगतदेखि अहिलेसम्म मानवअधिकारका लागि हरपल लडिरहेको बताए ।
‘मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सूचकहरु आवश्यक छन्,’ शर्माले भने, ‘हिजोआज र भोलिको विषयमा मानव अधिकारको चिन्ता राखिरहेको छु ।’ शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानवअधिकारको रक्षाका गर्न लागि प्रदेश सरकार अग्रसर भइरहेको शर्माले बताए।
साथै उनले गरिबीका कारण अधिकारको हनन् भएको बताए । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले पत्रकारिता र मानवअधिकार एउटै डुंगाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको बताए । पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रिकारितालाई चुनौती दिइरहेको बताउँदै अर्यालले पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने बताए ।
भ्रामक समाचारबाट बच्नुपर्ने, जनचासोका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण