शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

छोरी चिनाउनेबाहेक प्रधानमन्त्रीको भ्रमणको कुनै फाइदा भएन : सांसद सिंह

आइतबार, १४ असोज २०८०, १९ : ४८
आइतबार, १४ असोज २०८०

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताएका छन् ।आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन् । 

प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको बताए । उनले भने – ‘दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन । प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ । प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण ? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि । त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि । प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो । त्यसबाहेक के फाइदा भयो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप