प्रधानमन्त्रीको चीन भ्रमण धूमधामको गुमनाम : सांसद पन्त
आइतबार, १४ असोज २०८०, २० : १३

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमण धूमधामको गुमनाम भएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पन्तले प्रधानमन्त्रीले धूमधामसहित चीन भ्रमण गरेपनि उपलब्धिको हिसाबले गुमनाम भएको बताएका हुन् । उनले चीन भ्रमणका क्रममा उल्लेखनीय कुनै सहमति हुन नसकेको र पुराना सहमतिहरु पनि कार्यान्वयन हुन नसकेको बताए । उनले बीआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा पनि कुनै छलफल हुन नसक्नुले भ्रमण गुमनाम बनेको बताए ।
सांसद पन्तले प्रधानमन्त्रीले फर्कनासाथ विमानस्थलमा भ्रमणको तयारीका कमी भएको अभिव्यक्ति दिएको उल्लेख गर्दै तयारीमा कमी हुँदाहुँदै किन भ्रमण गएको भन्ने प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर