प्रधानमन्त्रीको चीन भ्रमण धूमधामको गुमनाम : सांसद पन्त
आइतबार, १४ असोज २०८०, २० : १३
काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमण धूमधामको गुमनाम भएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पन्तले प्रधानमन्त्रीले धूमधामसहित चीन भ्रमण गरेपनि उपलब्धिको हिसाबले गुमनाम भएको बताएका हुन् । उनले चीन भ्रमणका क्रममा उल्लेखनीय कुनै सहमति हुन नसकेको र पुराना सहमतिहरु पनि कार्यान्वयन हुन नसकेको बताए । उनले बीआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा पनि कुनै छलफल हुन नसक्नुले भ्रमण गुमनाम बनेको बताए ।
सांसद पन्तले प्रधानमन्त्रीले फर्कनासाथ विमानस्थलमा भ्रमणको तयारीका कमी भएको अभिव्यक्ति दिएको उल्लेख गर्दै तयारीमा कमी हुँदाहुँदै किन भ्रमण गएको भन्ने प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण