एसियाली खेलकुद
एसियाली खेलकुद : पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत
सोमबार, १५ असोज २०८०, १० : ४२
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
नेपाल र भारतबिचको क्वार्टरफाइनल खेल मंगलबार खेलिने छ । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो । प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा हङकङले पाकिस्तानको सामना गर्नेछ । त्यो खेल पनि मंगलबार नै खेलिने छ ।
यसैगरी अर्को क्वार्टरफाइनल खेल अफगानिस्तान र श्रीलङ्काबिच खेलिने छ । चौथो क्वार्टरफाइनल खेल बंगलादेश र मलेसियाबिच खेलिने छ । यी दुवै क्वार्टरफाइनल खेल बुधबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण