गोरूलाई मार्न लागेको अवस्थामा हतियारसहित चार जना पक्राउ
मङ्गलबार, १६ असोज २०८०, १४ : ०२

डोल्पा । डोल्पामा भरुवा बन्दुक र घरेलु हतियार सहित चार जना पक्राउ परेका छन् । काईके गाउँपालिका-४ रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय हरिलाल बिक समेत ४ जना सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी माथिल्लो शहरताराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उनीहरुले गोरूलाई घरेलु हतियार बन्चरो प्रहार गरी मार्न लागिरहेको अवस्थामा फेला पारी उक्त हतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ