चितुवाको छालासहित ललितपुरबाट पाँच जना पक्राउ
ललितपुर । संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थानसहित ५ जनालाई ललितपुर महानगरपालिका-१५ बोधिग्राम टोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-४ बस्ने ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, सोही गाउँपालिका-४ बस्ने २० वर्षीय बिनोद कालिकोटे, रामेछाप जिल्ला रामेछाप नगरपालिका-४ बस्ने ३४ वर्षीय दल बहादुर आले मगर, धादिङ गल्छी गाउँपालिका-८ बस्ने २८ वर्षीय उमेश दुधराज र सोही गाउँपालिका-८ बस्ने २० वर्षीय प्रेम बहादुर बिक रहेका छन् ।
उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला जस्तो आखेटोपहारसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण