पुँजीबजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीले चासो नदिएको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौँ लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पुँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका हुन् । सांसद ढकालले पुँजीबजारका लागि नियामक निकायको रूपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गरे । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरूले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाइ नगरेको गुनासो समेत गरे ।
सांसद ढकालले भने, ‘सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु । देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरूले आवाजहरू उठाई राख्नुभएको छ । देश आर्थिक मन्दीमा जाँदै छ । आर्थिक मन्दीमा धस्सिँदैछ । आर्थिक मन्दीमा धस्सीनुका कारणहरूमा उत्खनन कसैले गरेका छैनन् । किन आर्थिक मन्दीमा फस्दै छ भनेर सुझावहरू दिँदा अर्थ मन्त्रालयले ती सुझाव सुनुवाइ गर्दैन । बैंक, वित्तीय संस्थाहरूमा नेपालमै पहिलो पटक लगानीयोग्य रकम प्रशस्त छ । यो हुँदाहुँदै ऋण प्रवाह हुन सकिरहेको छैन । बैङ्कहरूका अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकका कारणले गर्दा गर्दा लोन प्रवाह हुन सकिरहेको छैन । नेपालको पुजी बजार ध्वस्त छ । अर्वाै लगानीकर्ताले पुजी डुबेको छ । राज्यलाई एक महिनामा ३ अर्व २५ करोड राजश्व बुझाएको क्षेत्र हो त्यो पूँजीबजार । त्यो ध्वस्त हुँदैगर्दा अर्थमन्त्रीलाई चासो छैन । नियामक निकायलाई चासो छैन । आज लगानीकर्ताले खर्बौ रकम पुँजी बजारमा डुबाईरहँदाखेरी नियामक निकाय त्यो धितोपत्र बोर्ड भन्ने छ । त्यसलाई मैले ढिलो पत्र बोर्ड भन्ने गरेको छु । लगानी कर्ताको काम गर्नका लागि बनेको त्यो ढिलो पत्र बोर्डले केही पनि काम गर्दैन । ’
सांसद ढकालले मुलुकमा सामाजिक सद्भाव भडकाउने प्रयास भईरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण