चलचित्र ‘कृ’ काे गीत चोरी प्रकरण : पत्रकार सम्मेलन गरेर भुवन केसी र सुवास शम्भुविरुद्ध खनिए
काठमाडौं –अभिनेता तथा निर्माता भुवन केसीले पुराना निर्देशक शम्भु प्रधान ११ लाखमा बिक्री भएको आरोप लगाएका छन् । बिहिबार होटल अर्यालमा आयोजित एक पत्रकार सम्मेलनमा प्रधानले आफुसँग पैसाको समेत बार्गेनिङ गरेको बताए ।
‘शम्भु प्रधान ११ लाखमा विक्रि हुनुभयो । म अत्यन्त दुखी छु ’ भुवनले भने ‘अबका दिनमा निर्देशक प्रधानससँग मेरो कुनै सम्बन्ध नरहने छैन ।’ भूवनले एउटा सम्मानित मानिसले देखाएको ब्यवहारले दुःख लागेको बताए ।
कार्यक्रममा ‘कृ’का निर्माता सुवास गिरीले आफूलाई प्रहरी प्रसासनले ज्यादती गरेको आरोप समेत लगाए । ‘सोधपुछका लागि भनेर बोलाएर माथिल्लो आदेश भन्दै अपराधीको शैलीमा मलाई प्रहरीले हिरासतमा राख्यो’ सुवासले भने ‘यो प्रहरी प्रसासनको ज्यादती हो ।’ कार्यक्रम सुवासले आफुलाई प्रहरीले हतकडी लगाएर मेडिकल चेकका लागि समेत लगेको बताए ।
‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चलचित्र ‘सम्झना’को गीतबाट चोरिएको भन्दै यसका निर्देशक शम्भु प्रधानले प्रहरी प्रभाग, टेकुमा केही दिन अगाडी उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सुवासलाई एक दिन हिरासतमा राखेको हो । शम्भुलाई ११ लाख रुपैयाँ तिर्ने सहमती भएपछि सुवास हिरासत मुक्त भएका थिए ।
‘छलफलका लागि गएको मानिसलाई आइजीपी साबको आदेश भन्दै थुनियो ’ कार्यक्रममा निर्माता सुवासले भने ‘शम्भु प्रधानले आइजीपीको फोर्स लगाएर मलाई किन थुन्न लगाउनुभयो । उहाँ पनि एउटा निर्माता हो ।’
आफूसँग पैसा निकाल्न सकिन्छ भन्ने सोचका कारण आफूलाई शम्भुले फसाएको बताएका सुवासले प्रहरी प्रशासन, राज्य, शम्भु प्रधान सबैसँग अब कानुनी लडाई लड्ने जानकारी दिए ।
निर्माता सुवासले शम्भु प्रधानको नेपालमा कुनै पनि कम्पनी दर्ता नभएको बताउँदै भने ‘कुन आधारमा शम्भुले उजुरी गरे र मलाई प्रहरी परिसरमै किन पैसा तिर्न लगाइयो । यस बिषयमा छानबिन हुनुपर्छ ।’ शम्भु प्रधानले पैसाको बार्गेनिङ गरेर आफुलाई जवर्जस्ती फसाएको समेत बताएका सुवासले यो बिषयमा ठिक को बेठिक को भनेर दर्शकले नै छुट्याउने धारणा राखे ।
चलचित्रका लागि उक्त गीत अल्मोडा राना उप्रेती तयार पारेका हुन् । उप्रेती अहिले सम्पर्क बाहिर रहेको जानकारी निर्माता सुवासले दिए । ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती ‘कृ’ मा राखिएको बिषयमा निर्देशक प्रधानले निर्माता भुवन केसी विरुद्ध जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेको कारण प्रहरीले सुवासलाई हिरासतमा राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण