इक्यानसँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) सँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सूचना प्रविधि विषयको स्नातक तहमा ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
यसका लागि इक्यान र सफ्टेड ग्रुप अन्तर्गतको सनवे कलेजबीच सम्झौता भएको छ । इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसहित सफ्टेड ग्रुपका निर्देशक प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सन् २०२३ नोभेम्बर तथा २०२४ को मार्च सेसनका लागि सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न सम्झौता गरिएको हो । कलेजले स्नातक स्तरको विद्यार्थीलाई बीएस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
सम्झौता अनुसार कलेजले २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्नेछ । आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण