बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको सिकार बन्ने खतरा छ : अध्यक्ष लिङ्देन

मङ्गलबार, १६ असोज २०८०, १९ : ३४
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको सिकार बन्नसक्ने खतरा रहेको बताएका छन् ।  

राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको बताए ।

अध्यक्ष लिङ्देनले नेपालले देश–देशहरुसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए । उनले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन, व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गरे । उनले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताए । उनले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित  र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको अरोप लगाए । 

अध्यक्ष लिङ्देनले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरु रहेको बताए । उनले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भीर परिस्थिति निम्त्याइरहेको बताए ।

अध्यक्ष लिङ्देनले नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी रहेको बताए । उनले कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि समनिकटताको सम्बन्ध बनाउने,लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने हुन आवश्यक रहेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप