रक्सौल–काठमाडौँ रेलमार्ग पाँच वर्षमा तयार हुने
काठमाडौँ । भारतले रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अनुसार पाँच वर्षभित्र रेल मार्ग तयार गरी नेपाललाई बुझाइसक्ने लक्ष्य राखेको छ । नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भएमा सन् २०२४ देखि पहिलो चरणको काम सुरु गर्ने बताइएको छ ।
भारतको कोंकण रेल्वे कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार भारतले चार हजार करोड भारतीय रुपैयाँमा पाँच वर्षभित्र सो रेल मार्ग तयार गरेर नेपाललाई सुम्पिने छ ।
नेपालस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार रक्सौलदेखि काठमाडौँसम्म रेलवे लाइनको दुरी १७०.९६ किलोमिटर छ । त्यसमा रक्सौलदेखि शिखरपुरसम्म सिङ्गल लाइन हुन्छ भने शिखरपुरदेखि काठमाडौँसम्म डबल लाइन हुने बताइएको छ ।
विस्तृत परियोजना अनुसार ९०.०६५ किलोमिटर सिङ्गल लाइन र ४६.७२५ किलोमिटर डबल लाइन रहनेछ । शिखरपुरदेखि काठमाडौँसम्मको डबल लाइनको दुरीमा ३१ ठाउँमा सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको ती अधिकारीले बताए । त्यो सुरुङ मार्ग ४०.८६५ किलोमिटर हुन्छ ।
विस्तृत परियोजना (डीपीआर) का अनुसार रक्सौलदेखि काठमाडौँसम्म विभिन्न १८ वटा ठुला पुल निर्माण गर्नुपर्ने हुन्छ भने १०१ स्थानमा मध्यम र १२२ स्थानमा साना साना पुल निर्माण गर्नुपर्ने हुन्छ । पूरै रेलमार्गमा दुई ‘ओभरहेड’ र १७ ठाउँमा अण्डरपास बाटो बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।
यो रेल मार्गमा १२ वटा रेल्वे स्टेशन हुने परियोजनामा उल्लेख छ । प्रस्तावित परियोजना अनुसार यो रेलमार्गमा यात्रुवाहक रेल प्रतिघण्टा १२० किलोमिटरको गतिले चल्नेछ भने मालबाहक रेल प्रतिघण्टा ८० किलोमिटरको रफ्तारमा चल्नेछ ।
यो रेल मार्ग निर्माणको सम्पूर्ण खर्च भारतले ब्यहोर्ने यसअघि नै सहमति भइसकेको हो । विस्तृत परियोजना तयार गर्दा पनि त्यसको सम्पूर्ण खर्च भारतले नै व्यहोरेको छ ।
सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला यो रेलमार्गको बारेमा सम्झौता भएको थियो भने पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतले विस्तृत परियोजना सुम्पिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण