शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
बाँके झडप प्रकरण

नेपालगन्ज घटना : घाइते २२ जनामध्ये २१ जना घर फर्किए

धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्नेगरी सामाजिक सञ्जालमा नलेख्न आग्रह
बुधबार, १७ असोज २०८०, १२ : २३
बुधबार, १७ असोज २०८०

काठमाडौँ । नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको जनकारी दिएको हो ।  उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी अस्पतालमा उपचार भैरहेको प्रशासनको भनाइ छ । 

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हिजो दिउँसो १ बजेदेखि जारी अनिश्चितकालिन कर्फ्यू आदेश कायमै रहेको पनि प्रशासनले जनाएको छ । 

नेपालगंजमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्नेगरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार प्रसार नगर्न नगराउन प्रशासनले पुनः अनुरोध गरेको छ ।  त्यस्ता गतिबिधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने प्रशासनले स्पष्ट गरेको छ । 

सद्भावको शहरको रुपमा परिचित नेपालगंजको गरिमालाई कायम राख्न  प्रशासनले समस्त राजनितीक दल, धार्मिक अगुवाहरु, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप