दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । संसदीय समितिले दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिले गत भदौ ३१ गतेको बैठकबाट दिइएको निर्देशन अनुसार सरकारले स्थानहरुमा खोलेका सुपथ मूल्य पसलका सम्बन्धमा धन्यवाद दिँदै थप विस्तार गर्न निर्देशन दिने निर्णय भएको सभापति अब्दुल खानले जानकारी दिए ।
यसैगरी समितिले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरु (जीरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्ने तर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगायतका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण