प्रसूति गृहमा नयाँ फार्मेसी काउन्टर सुरु
बुधबार, १७ असोज २०८०, १७ : ०४
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नयाँ फार्मेसी काउन्टर सुरु गरेको छ । मङ्गलवारदेखि सुरु गरिएको फार्मेसीमा काउन्टर विशेष गरी आपतकालीन सेवाका लागि सञ्चालन गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले जानकारी दिए ।
यस काउन्टरबाट आपतकालीन, इनडोर, अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), बाझोपन र परिवार नियोजन रोगीहरूका लागि सेवा दिइने निर्देशक डा.अधिकारीले बताए ।
अहिले अस्पतालको एनआईसीयूमा १० बेड थप गरी २० बेड सञ्चालन गरिएको छ भने अनलाइन टिकट सेवा समेत सुरुवात गरिएको अधिकारीले बताए । यस्तै गरिब विपन्न महिलाका लागि अस्पतालमा जनरलतर्फका ४५० शय्या निःशुल्क गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण