जर्मनी र रोमानियासँग द्विपक्षिय श्रम सम्झौता गर्न श्रममन्त्री त्यसतर्फ प्रस्थान
काठमाडौँ । सरकारले जर्मनी र रोमानियासँग द्विपक्षिय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले जमर्नी र रोमानिया सरकारसँग द्विपक्षिय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सञ्चारमन्त्री रेशा शर्माले उक्त सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डलाई स्वीकृति दिने निर्णय गरेको बताइन् ।
जर्मनी र रोमानियाले नेपालबाट श्रमिक लैजाने इच्छा जाहेर गर्दै आएका थिए । सोही आधारमा दुवै देशका सरकारले श्रम सम्झौता गर्न लागिएको हो । श्रम सम्झौता गर्नका लागि श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले अक्टोबर ६ तारिखमा रोमानियासँग र १० ताखिरमा जर्मनीसँग श्रम सम्झौता गर्ने मन्त्रालयका सह–सचिव राजीव पोखरेलले बताए ।
‘हिजो मन्त्रीपरिषद्ले स्वीकृति दिएको थियो । श्रममन्त्री ज्यू नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ । रोमानियासँग ६ तारिखमा र जमर्नीसँग १० तारिखमा सम्झौता हुनेछ,’ पोखरेलले भने ।
पछिल्लो समय रोमानिया नेपाली श्रमिकहरूको रोजाइमा पर्दै आएको छ । श्रम सम्झौता नभएको बेला व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपाली रोमानिया जाने गरेका छन् । श्रम सम्झौता भएसँगै संस्थागत श्रम स्वीकृति लिएर जान पाउने बाटो खुल्नेछ ।
त्यस्तै जर्मनीले समेत नेपाली श्रमिक लैजाने प्रस्ताव गर्दै आएको थियो । सोही आधारमा दुवै देशका सरकार श्रम सम्झौता गर्न तयार भएका थिए । त्यसका लागि श्रम सम्झौताको खाका तयार पारेर सरकारले स्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण